स्थानीय निर्वाचन : एमालेका ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित « Khabarhub

स्थानीय निर्वाचन : एमालेका ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

आयोगले वैशाख ३० गते एकसाथ सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगका अनुसार प्रमुखमा ८२, अध्यक्षमा १२३, उपप्रमुखमा ११३, उपाध्यक्षमा १२६, वडाध्यक्षमा २ हजार १२९, महिला सदस्यमा २ हजार ३४३, दलित महिला सदस्यमा २ हजार २८७ र सदस्यमा ४ हजार ६८० जना एमालेका जनप्रतिनिधि निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : ४८ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र