सम्पर्कविहीन जहाज खोज्न सेनाको हेलिकप्टर पठाइयो « Khabarhub

सम्पर्कविहीन जहाज खोज्न सेनाको हेलिकप्टर पठाइयो


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तारा एयरलाइन्सको सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलिकप्टर काठमाडौंबाट पठाइएको छ।

उद्धार टोली लिएर सेनाको हेलिकप्टर मुस्ताङको लेतेका लागि उडेको र सेनाको अर्को रेस्क्यू टोली मुस्ताङको घाँसाबाट घटनास्थलमा गएको नेपाली सेनाका प्रवक्ता सैनिक सहायक रथी नारायण सिलवालले जानकारी दिए।

मुस्ताङको घाँसा क्षेत्रमा ठुलो आवाजमा विस्फोट भएको र आगो देखिएको भन्दै स्थानीयले प्रहरीलाई सूचना दिएपछि उद्धार टोली मुस्ताङको घाँसा केन्द्रित छ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडान भरेको जहाज १२ मिनेटमै सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जनाएको छ।

विमान १० बजेर ७ मिनेट जाँदा अन्तिम सम्पर्कमा आएको थियो। मुस्ताङको एयरस्पेसमा पुगेपछि विमान सम्पर्कविहीन भएको थियो।

केहीबेरमा नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिने बताएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : २३ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र