सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रमा, सशस्त्र र प्रहरीको टोली पनि पुग्दै  « Khabarhub

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रमा, सशस्त्र र प्रहरीको टोली पनि पुग्दै 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रतर्फ लागेको छ ।

पोखराबाट जोमसोमको लागि उडेको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जना टोली परिचालन गरिएको छ ।मुस्ताङको घाँसाबाट पैदलमार्ग हुँदै ६२ जनाको टोली र २० जनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्र खोज्न लागेका हुन् । पाइलटको फोन लागिरहेको छ । सोही आधारमा लोकेसन ट्र्याक गरेर सम्भावित क्षेत्रतर्फ लागेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

स्थलमार्ग हुँदै गएको टोलीले फोनको लोकेसन ट्रेस गरिसकेको छ । सोही आधारमा टोली मोभिलाइजेसन भएको प्रवक्ता सिलवालको भनाइ छ । हेलिकोप्टरमार्फत गएको टोली मुस्ताङको कोवाङ्गमा तयारी अवस्थामा छ ।

पैदलमार्ग हुँदै गएको टोलीले फेला पारेपछि हेलिकोप्टरमार्फत तयारी अवस्थामा रहेको टोलीले तत्कालै उद्दार गर्नेछ । खराब मौसमका कारण हेलिकोप्टर कोवाङबाट अगाडि बढ्न सकिरहेको छैन । ठाउँ पत्ता लागेको खण्डमा पाँच मिनेटभित्रै उद्दार गर्ने गरी हेलिकोप्टर तयारीमा राखिएको प्रवक्ता सिलवालले बताए ।

यतिबेला फिस्टेल एयरको सानो हेलिकोप्टरले समेत सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ । नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि त्यसतर्फ पुग्न लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामकुमार दानीले बताए ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाजलाई सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाइरहेका थिए । जहाजमा चालकदलका तीन जनासहित २२ जना यात्रु थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : १५ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन