हेटौँडा उपमहानगरका ७६० योजना सम्पन्न « Khabarhub

हेटौँडा उपमहानगरका ७६० योजना सम्पन्न


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार थप बाँकी योजना सम्पन्न हुने कार्य अन्तिम चरणमा छ ।

चालु आवको साउनदेखि असारसम्ममा ९९० योजनामध्ये जेठ महिनासम्ममा ७६० योजना पूरा भएका छन् भने बाँकी अन्तिम चरणमा रहेका उपप्रमुख राजेश बानियाँले बताए । चालु अवधिमा ६८ किमी कङ्क्रिट सडक, दुई दशमलव ५३ किमी सडक कालोपत्र तथा १४ कल्भर्ट निर्माण भएका छन् ।

खानेपानी एक, शैक्षिक पूर्वाधरतर्फ २०, पर्यटन पूर्वाधारतर्फ तीन, खेलकुद पूर्वाधरतर्फ तीन, गुम्बा निर्माणतर्फ सात, मन्दिर निर्माणतर्फ २८, स्वास्थ्य पूर्वाधर निर्माणतर्फ नौ, तटबन्ध निर्माणतर्फ १५, सिँचाइ पूर्वाधर निर्माणतर्फ दुई, शौचालय निर्माणतर्फ पाँच तथा अन्य पूर्वाधारतर्फ ९९ योजना निर्माण सम्पन्न भएको बानियाँले जानकरी दिए ।

यसैगरी उपमहानगरले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको नगर क्षेत्रभित्रको तथ्याङ्क सङ्कलन गरिरहेको छ । बागमती प्रदेश सरकारको बजेटअन्तर्गत प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत कूल ३८ योजना सञ्चालन गरिएकामा १७ सम्पन्न भएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ४९ बजे

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले परीक्षामा देखिएको अनियमितता र

१७ वर्षपछि फेरि सिप्रिङमा पहिरो : एक जना बेपत्ता, १५ भन्दा बढी घर प्रभावित

दोलखा– दोलखाको गौरीशंकर गाउँपालिका–८ स्थित सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्यामस्थलमा

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३