असार १५ र किरण केसी « Khabarhub

असार १५ र किरण केसी


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन परेको छ । विक्रम संवत् २०१४ सालमा जन्मिएका उनी आजबाट ६५ वर्षमा प्रवेश गरेका छन्। यद्यपि उनको सक्रियता र उमेर एक आपसमा मिल्दैन।

उनको सक्रियता अहिले पनि आफ्नो भन्दा आधा उमेरको युवाको जस्तो छ । जन्मदिनको उपलक्षमा उनलाई बिहानैदेखि उनलाई शुभकामना थाप्न भ्याई नभ्याइ छ । त्यसो त असार १५ भन्ने बित्तिकै दही चिउरा खानेसँगै ’राता मकै’ को जन्मदिन भन्ने पनि पाठकले सम्झिने गरेका छन् । आज उनले फिल्मकर्मी र पत्रकारलाई बोलाएर दही चिउरा खुवाएर जन्मदिन मनाउने तयारी गरिरहेका छन् ।

पछिल्लो समय फिल्म ‘शत्रु गते’मार्फत मह जोडीसँग निर्माणमा कम ब्याक गरेका किरणले त्यसपछि मह जोडीसँगै ‘दाल भात तरकारी’ निर्माण गरे । त्यसपछि उनले ’लक्का जवान’ फिल्म निर्माण गरेका थिए । उनको यी तीन फिल्ममा देखिएको सक्रियता र स्फूर्तिको चर्चा नगर्ने सायदै होलान् ।

उनले काम गर्ने शैलीले सँगै रहेकोलाई पनि एक्टिभ राख्न मदत गर्छ । अघिल्लो दुई फिल्म शत्रु गते र दाल भात तरकारीमा निर्माताको सम्पूर्ण दायित्व बहन गरेका किरणले ‘लक्का जवान’ मा पनि उस्तै देखिएका थिए ।

कामलाई फत्ते गर्न लागिपर्ने किरणले यी सबैको कारण आफ्नो सकारात्मक सोच रहेको बताउने गरेका छन् । ‘सकारात्मक सोचले ऊर्जा दिन्छ’ किरणले भने । उनले सबैको हित सोच्ने र बिहान योगा गर्ने पनि बताए । ‘काम गर्न कहिले पनि पछि हट्नु हुँदैन, त्यसले तपाइलाई एक्टिभ गर्छ’ उनले भन्ने गर्छन् । उनलाई फिल्मकर्मीले ‘लक्का जवान’ को समेत भन्न थालेका छन् । किनकि उनको सक्रियता कुनै लक्का जवान भन्दा कम छैन ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ३० बजे

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले परीक्षामा देखिएको अनियमितता र

१७ वर्षपछि फेरि सिप्रिङमा पहिरो : एक जना बेपत्ता, १५ भन्दा बढी घर प्रभावित

दोलखा– दोलखाको गौरीशंकर गाउँपालिका–८ स्थित सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्यामस्थलमा

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३