समाजवादतिर जान माओवादीहरु एकजुट हुनुपर्छ : प्रचण्ड « Khabarhub

समाजवादतिर जान माओवादीहरु एकजुट हुनुपर्छ : प्रचण्ड


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्यक रहेको बताएका छन् ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादतिर पुर्‍याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक रहेको बताएका हुन् ।

मोहन वैद्य र नेक्रविक्रम चन्द विप्लवको क्रान्तिको खोजी गर्ने नियतप्रति आफ्नो शंका नभएको, तर चाहानाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाइ छ ।

‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ उनले भने, ‘तर, क्रान्तिकारी चाहनाले मात्रै हुने कुरा होइन । क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन । सही विचारमा लाखौँ जनतालाई गोलवद्ध गरेर जनताले गर्ने कुरा हो क्रान्ति ।’

सबैले आआफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौँ भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुनर्विचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उनले भने।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : ४५ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।