आठ वर्षपछि रेखासँग अरुणिमाको भेट  « Khabarhub

आठ वर्षपछि रेखासँग अरुणिमाको भेट 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री अरुणिमा लम्साल ८ वर्ष पश्चात् नेपाल फर्किएकी छिन् । सन् २०१५ तिर ग्रिन कार्ड बोकेर परिवारको साथमा अमेरिका उडेकी अरुणिमा एक रियालिटी शो को निर्णायक हुँदै नेपाल आएकी हुन्।

फिल्मी करियरमा केही सुस्तपन महसुस गरेपछि अमेरिका लागेकी अरुणिमाले अमेरिका पुगेको केही वर्षमा श्रीमानबाट अलग बस्ने निर्णय गरिन् । अहिले उनी एक छोरीको साथमा अमेरिकामा बस्दै आएकी छन् ।

८ वर्षपछि उनले जन्मभूमिमा पाइला टेकेकी अरुणिमाले अर्की अभिनेत्री रेखा थापासँग भेटघाटको तस्बिर सार्वजनिक गरेकी छिन् ।भेटघाटले पुरानो दिनमा फर्काएको उनले जनाएकी छिन् । भेटमा उनीहरूले फिल्ममा एकसाथ काम गर्दाको क्षण सम्झिएका थिए । आफू ढिलो चाँडो फिल्ममा फर्किने बताएकी अरुणिमा यो समयलाई विश्राम भनेकी छिन् ।

रेखा र अरुणिमा दुवैले अभिनय गरेको फिल्म ‘धड्कन’ को सिक्वेल तयारीमा निर्देशक नरेश पौड्याल जुटेका छन् । यद्यपि उनले पुराना कलाकारहरू नभई नयाँ अनुहारलाई लिएर फिल्म तयार गर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ४३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल