आठ वर्षपछि रेखासँग अरुणिमाको भेट  « Khabarhub

आठ वर्षपछि रेखासँग अरुणिमाको भेट 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री अरुणिमा लम्साल ८ वर्ष पश्चात् नेपाल फर्किएकी छिन् । सन् २०१५ तिर ग्रिन कार्ड बोकेर परिवारको साथमा अमेरिका उडेकी अरुणिमा एक रियालिटी शो को निर्णायक हुँदै नेपाल आएकी हुन्।

फिल्मी करियरमा केही सुस्तपन महसुस गरेपछि अमेरिका लागेकी अरुणिमाले अमेरिका पुगेको केही वर्षमा श्रीमानबाट अलग बस्ने निर्णय गरिन् । अहिले उनी एक छोरीको साथमा अमेरिकामा बस्दै आएकी छन् ।

८ वर्षपछि उनले जन्मभूमिमा पाइला टेकेकी अरुणिमाले अर्की अभिनेत्री रेखा थापासँग भेटघाटको तस्बिर सार्वजनिक गरेकी छिन् ।भेटघाटले पुरानो दिनमा फर्काएको उनले जनाएकी छिन् । भेटमा उनीहरूले फिल्ममा एकसाथ काम गर्दाको क्षण सम्झिएका थिए । आफू ढिलो चाँडो फिल्ममा फर्किने बताएकी अरुणिमा यो समयलाई विश्राम भनेकी छिन् ।

रेखा र अरुणिमा दुवैले अभिनय गरेको फिल्म ‘धड्कन’ को सिक्वेल तयारीमा निर्देशक नरेश पौड्याल जुटेका छन् । यद्यपि उनले पुराना कलाकारहरू नभई नयाँ अनुहारलाई लिएर फिल्म तयार गर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै