‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक « Khabarhub

‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक गरिएको छ । निर्देशन देउजाले सार्वजनिक टाइटल टिजरबाट फिल्मको कथासार बुझाउन खोजेको बताए ।

सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफूले टाइटल टिजर सार्वजनिक गर्नु परेको खुलाए । आगामी भदौ १७ गतेबाट फिल्म रिलिज हुनेछ । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब आफू पूर्ण रुपमा प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियशन नेपालको ब्यानरमा निर्माण भएको यो फिल्म भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’ मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह-निर्माताको रुपमा सुशील दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका रहेको छ । यसमा केकी र आँचल जेठानी देउरानीको भूमिकामा देखिने छन् । 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : ०७ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको