तीन दशकदेखि बस्ती पहिरोको त्रासमा चिप्लाका बासिन्दा | Khabarhub Khabarhub

तीन दशकदेखि बस्ती पहिरोको त्रासमा चिप्लाका बासिन्दा


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मर्स्याङ्दी गाउँपालिका ५ माथिल्लो चिप्लाका बासिन्दा तीन दशकदेखि पहिरोको त्रासमा दिन बिताउँदै आएका छन् । पहिरोले गाउँ च्याप्दै लगेपछि स्थानीय बसाइँ सर्न बाध्य बनेका छन्।

अनुसन्धानकर्ता तथा विज्ञले उक्त गाउँ सार्न सिफारिस गरे पनि पुनर्स्थापनाको लागि कुनै कार्य नभएको स्थानीय कुमीरजंग गुरुङले बताए ।  उनले भने, ‘पानी परेसँगै पहिरो जान सुरु गर्छ पानी पर्नासाथ गाउँले विस्थापित भएका छन्।’  गुरुङका अनुसार पहिरो झर्न थालेसँगै गाउँलेहरू बसाइँ सरेका छन् ।

पहिरोले बगाउन लागेपछि रामबहादुर गुरुङ घेर्मुफाँटमा बसाइँ सरेका छन्। सरकारबाट स्थानान्तरणको काम नभएपछि आफ्नै खर्चले घर बनाएको उनले बताए । बेलबहादुुर गुरुङ प्रोजु डाँडामा सरेका छन्। उनलाई बेलायतमा रहेका बाहुनडाँडा, ताघ्रिङ र घेर्मु (बाघेता) समाजले घर बनाउन सहयोग गरेको थियो। मनजित गुरुङ गाउँमाथिको क्रमुचेमा सरेका छन्  ।

पहिरोकै त्रासका कारण चिप्लाका सुबजंग गुरुङ, रामबहादुर गुरुङ, धनसुब्बा गुरुङ पनि क्रमुचे सरेका छन्। कामराम गुरुङ बेंसी झरेका छन्। माथिल्लो गाउँका श्रीप्रसाद गुरुङ, प्रेमबहादुर गुरुङ, मनराम गुरुङ, कुमेर गुरुङ लगायत घर बनाउने तयारीमा छन्। स्थानीय आइतसरी गुरुङका अनुसार पहिरोले घर लाने समस्या भएपछि डराइडराई बस्नुपरेको छ। ‘जाने ठाउँ नभएका स्थानीय पहिरोकै त्रासमा यहीं बस्न बाध्य छन्। पानी पर्न थालेदेखि डराउनुपर्छ’, उनले भनिन्,  ‘यो पहिले देखिकै समस्या हो।’

पहिरो घरभन्दा  १०/१५ मिटर टाढा छ । ‘ठाउँ भिरालो छ । घरदेखि पहिरोसम्मका ठाउँ ठाउँमा चिरिएका छन् ’, स्थानीय दयाराम गुरुङले भने । उनका अनुसार १२ वैशाख २०७२ को भूकम्पले हल्लाएपछि पहिरोको जोखिम झनै बढेको छ ।

उक्त पहिरोको दुई वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट खटिएका भू-संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ, भूगर्भविद् जल उत्पन्न प्रकोप व्यवस्थापन विज्ञको टोलीले अध्ययन गरेको थियो। यसअघि दैवी प्रकोप उद्धार समितिमार्फत गएको टोली, मन्त्रालयबाटै आएको टोली, जिल्लाकै भूसंरक्षण कार्यालयका टोली लगायतले धेरै पटक अध्ययन गरी बस्ती सार्न सिफारिस गरेर सरकारलाई सुझाव दिएका छन्। तर, यसबारे सरकारले कुनै निर्णय गरेको छैन।

स्थानीय कामराम गुरुङले सरकारी तवरबाट अध्ययन अनुसन्धान भए पनि कुनै सहयोग नभएको बताए । स्थानीयले १० वर्षदेखि गाउँ सारिदिन सरकारसँग माग गरिरहेका स्थानीय भक्तबहादुर गुरुङले बताए ।  कुल ८५ घरधुरी रहेको चिप्लामा पहिरो बढ्दै गएपछि बसाइँ सरेर जानेको सङ्ख्या बढ्दो छ । अहिले सिङ्गो गाउँमा ४१ घर मात्र बाँकी छ । स्थानीयका अनुसार पहिरोले गाउँलेको ११ सय हेक्टर जग्गा बगाएको र सामुदायिक वन समेत विनाश गरेको छ । २२ सय हेक्टरभन्दा बढी पहिरो फैलिएको स्थानीयले बनाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ४५ बजे

कांग्रेसलाई रास्वपाको प्रश्न : नीलो मफलर नलगाऊ कुन नियमावलीले भन्छ ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ नेपाली कांग्रेसलाई

रास्वपाले गृहमन्त्रीलाई भन्यो– रोष्ट्रमबाट धम्क्याउनुको अर्थ के हो ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा भण्डारी

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट–  निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत

उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता

काठमाडौं– रुसी सुरक्षा परिषदका सचिव सर्गेइ शोइगु उत्तर कोरिया भ्रमणमा

सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर 

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र