अविरल वर्षाले घर डुबानको जोखिम बढ्दो « Khabarhub

अविरल वर्षाले घर डुबानको जोखिम बढ्दो


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भजनी- मंगलबार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन् । भजनी नगरपालिका–३, ४, ५, ७ र ८ का केही स्थान डुबानमा परेका छन् ।

त्यस्तै जोशीपुर गाउँपालिका–३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन् । कान्द्रा नदीको बाढीले सतह पार गरेको छ भने काढा नदी फुट्दा स्थानीयवासीका घरमा डुबान भएको छ । स्थानीय जयप्रसाद ढुङ्गानाका अनुसार काढा नदीले बाँध फुटाउँदा स्थानीयवासी आउसे दमाइँ लगायतका घरहरू जोखिममा रहेका छन् । “नदी फुटेर गाउँ पसेको छ । नदीको ढिकमा भएका घरहरू जोखिममा रहेका छन् भने कृष्णपुर गाउँ नै डुबानको जोखिममा रहेको छ ”, ढुङ्गानाले भने, “नदीको बहाव बढ्दै जाने हो भने बस्तीलाई नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्छ । गाउँमा पसेको पानीले कति असर गर्छ भन्ने हो ।”

वर्षाका कारण कान्द्रा, पथरैया, काढा, मोहना लगायतका नदीमा पानीको सतह बढेको स्थानीयवासी खेमराज पाण्डेले बताएका छन् । “पानीको सतह बढ्दै गएको छ । हामीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिरहेका छौँ । कतिपय ठाउँमा पानीको सतह सडकभन्दा माथि पुगिसकेको छ ”, पाण्डेले भने, “पानीको सतह बढ्दै जाने हो भने सयौँ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको अवस्था आउन सक्छ ।”

कान्द्रा नदीमा पानीले सतह पार गरेपछि डुङ्गाको प्रयोग गरिएको छ । स्थानीयवासीलाई आवतजावतका लागि डुङ्गाको मद्दतबाट वारपार गराइँदै आएको स्थानीयवासी राजेन्द्र बोहराले बताएका छन् । तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको बताउँदै बहुमूल्य वस्तुहरुको सुरक्षाका लागि स्थानीयवासीले तयारी थालेको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै