नेपाली पत्रकारितालाई दक्षिण एसियाकै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छ : मन्त्री कार्की « Khabarhub

नेपाली पत्रकारितालाई दक्षिण एसियाकै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छ : मन्त्री कार्की


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली पत्रकारितालाई दक्षिण एसियामै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ विषयक राष्ट्रिय गोष्ठीमा उहाँले नेपालको पत्रकारितालाई खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताएका हुन्।

“सञ्चार क्षेत्रमा कार्यस्थल सुरक्षितसम्बन्धी निर्देशिका एउटा दस्ताबेज बनाउने मात्र होइन, यसलाई कार्यान्वयन गरेर जानुपर्छ” मन्त्री कार्कीले भने, “यो दस्ताबेजले पत्रकारलाई मात्र होइन, सबै नागरिकलाई उदाहरण हुने गरी कार्यान्वयन गरेर जानुपर्छ ।”

सञ्चारमाध्यमको कार्यकक्ष, कार्यस्थल, समाचार सङ्कलन गर्ने ठाउँमा मात्र सुरक्षा नभई समग्र समाजलाई सुरक्षित बनाउने विषयमा छलफल हुनुपर्ने जरुरी भएको उल्लेख गर्दै उनले भने,“सञ्चारकर्मी आफू अनुशासित, उत्तरदायी र पारदर्शी हुन सके आफू र समाजलाई पनि हिंसाबाट मुक्त गर्न सक्छौँ ।”

मन्त्री कार्कीले विकसित तथा अविकसित देशहरूका समस्या फरक खालका हुने प्रसङ्ग उल्लेख गर्दै सुन्दर देश नेपालको प्राकृतिक स्रोतसाधनको उपयोग गरी समाजप्रति उत्तरदायी नागरिक बनाउन सञ्चारमाध्यमको भूमिका अहम् हुने पनि चर्चा गरे। “नेपाल प्राकृतिक हिसाबले निकै सुन्दर देश हो, प्रकृतिले प्राकृतिक स्रोत साधन दिएको छ” मन्त्री कार्कीले भने, “प्राकृतिक सम्पदाको प्रयोग गरेर दक्षिण एसियामा आगामी पुस्ता धनी बनाउन जरुरी छ, त्यस कार्यमा सबै जना लाग्न जरुरी छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले कुनै पनि कार्यस्थल सुरक्षित बनाउन सरकारको दायित्व रहेको भए पनि सञ्चार क्षेत्र अरू कार्यस्थलभन्दा फरक र संवेदनशील भएको बताए।

पत्रकारको कार्यस्थल काम गर्ने ठाउँ मात्र नभएर समाचार सङ्कलनका साथै समाचारका स्रोतसम्म पनि पुग्नुपर्ने एक महत्त्वपूर्ण स्थान भएकाले यसलाई फरक प्रकृतिको र संवेदनशील कार्यस्थलका रूपमा लिनुपर्ने धारणा उनले राखे ।

सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थलसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिल पनि  सरकारकै अङ्ग भएको सचिव डा अर्यालले बताए। “नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका सम्पूर्ण बैंकहरुले कानुन सरह लागू गर्छन्”–सचिव अर्यालले भने, “त्यस्तै सञ्चारको क्षेत्रमा प्रेस काउन्सिले लागू गरेको आचारसंहिता वा निर्देशिका पनि कानुन सरह लागू हुन्छ ।”

उनले सरकारले यो निर्देशिका कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गर्ने विश्वास समेत व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका पूर्व  अध्यक्ष महेन्द्र विष्टले ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ सम्बन्धी निर्देशिकाको अवधारणा प्रस्तुत गरेका थिए । उक्त निर्देशिकालाई अन्तिम रूप दिएर प्रेस काउन्सिलले लागू गर्नेछ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : ०७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर