नबिल दिगो बैंकिङ को बार्षिकोत्सव मा ‘नबिल ग्रीन वीक’ मनाइँदै « Khabarhub

नबिल दिगो बैंकिङ को बार्षिकोत्सव मा ‘नबिल ग्रीन वीक’ मनाइँदै


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायिकरण गर्न, उद्यमशीलता प्रवर्द्घन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ ले आज एक वर्ष पूरा गरेको छ । उक्त एक वर्षमा नबिल बैंकमात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकको ठहर रहेको छ । 

आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्ने देखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भूभागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हात पारेको बैंकले जनाएको छ । बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नबिल कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ । आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करिब ६००० महिलाहरू रहेका बैंकले जानकारी दिएको छ । 

यसैगरी ‘नबिल दिगो बैंकिङ’ का उद्देश्यहरूमध्ये वातावरण र सामाजिक सरोकारलाई अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको बैंकले उल्लेख गरेको छ । तसर्थ बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइनहरू अन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ । नबिल बैंकले सन् २०१८ देखिनै रू.१ करोडभन्दा बढी ऋण सुविधा लिने र कमर्सियल लीजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्समध्ये कुनैपनि सुविधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको बैंकले जनाएको छ  ।

विश्वमा जलवायु परिवर्तनको बढ्दो चिन्तालाई ध्यानमा राख्दै बैंकले २०२१ मा पीसीएआरको सदस्यता लिएको र आफ्नो कर्जा पोर्टफोलियो र लगानीसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जन मापन र प्रतिवेदन गर्ने पिसिएएफको अङ्ग भइसकेको पनि बैंकले जनाएको छ । साथै नबिल बैंकले २६ मार्च २०२२ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बौद्धनाथ स्तुपमा रहेको प्रेयर फ्ल्यागलाई बायोडिग्रेडेबल प्रेयर फ्ल्यागले प्रतिस्थापन गरी पर्यावरणमैत्री सचेतना अभियान सुरु समेत गरेको छ । देशमा सामाजिक उद्यमशीलता विकास, प्रोत्साहन र प्रवर्द्धन गर्नका निम्ति र उद्यमीहरूको विकास र पोषण, तिनीहरूलाई असमानता र वञ्चितिकरणजस्ता सामाजिक समस्याहरू समाधान गर्न र दिगो सामाजिक कम्पनी निर्माणमा सहायता गर्ने ध्येयका साथ नबिल बैंकले २०७८, मंसिर ०१ गते नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप स्थापना गरेको हो । नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपकाे  स्थापना गरेको छ । 

यसैगरी संस्था भित्रैबाट दिगो अभ्यासहरूलाई आन्तरिकीकरण गर्दै नबिल बैंक दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले बुधबारबाट ‘नबिल स्टाफका लागि दिगो अभ्यासहरू’ योजना पनि ल्याएको कम्पनीले उल्लेख गरेको छ । यस योजनाअन्तर्गत दिगो बैंकिङ गतिविधिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्त बनाउन नबिल बैंकले आफ्ना सबै कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा समावेश गर्न सकिने किसिमका केही दिगो अभ्यासहरू अपनाएको बैंकले जनाएको छ । 

स्थानीय बजारमा कृषि प्राविधिकहरूलाई कृषि उद्यमीको रूपमा स्थापित गर्नका लागि ‘कृषिदूत’  विकास गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक कृषि प्राविधिकलाई कृषि ऋणको प्रावधान पनि बैंकले प्रारम्भ गरेको छ ।  यसका अतिरिक्त’ नबिल दिगो बैंकिङ’ को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा नबिल बैंकले एक हप्ता लामो ‘नबिल ग्रीन वीक’ बुधबारबाट  सुरु गर्न लागेको बैंकले जनाएको छ। 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : ५० बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

लुम्बिनी– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको