कम्युनिष्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम बन्न सकेन : नेता खनाल | Khabarhub Khabarhub

कम्युनिष्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम बन्न सकेन : नेता खनाल


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै विषयहरू रहेको बताएका छन् ।

बुधबार ललितपुरमा वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जहाँ उभियो त्यही नै बहस गरेर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने समेत बताए । उनले कम्युनिष्ट आन्दोलन बहस गर्ने उचित फोरम अहिलेसम्म बन्न नसकेको जिकिर गरे । हतियार उठाएर मात्रै क्रान्ति नहुने भन्दै खनालले परिस्थितिको मूल्याङ्कन गरेर समाजलाई अघि बढाउन सकिने बताए छन् । उनले नेपाली आन्दोलनमा वामपन्थी नेता सिद्धिलालले गरेको योगदानको चर्चा गरे ।

No description available.कार्यक्रममा एमालेका नेता घनश्याम भुसालले राजनीतिलाई निजी र सजिलो आयको माध्यम बनाउँदा समस्या देखिएको बताएका छन्। उनले एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउहरू नउम्रिने रैथाने बीउ भएको भन्दै अव हाइब्रिड बीउको आवश्यकता रहेको तर्क गरे । यसअघिको नेकपा हाइब्रिड बीउ भएको भएपनि बुद्धि नपुगेर भकारीमा आगो लगाइएको उनको भनाई छ । 

कार्यक्रममा अन्य कम्युनिष्ट नेताहरूले कम्युनिष्ट आन्दोलनमा सिद्धिलाल सिंहले खेलेको भूमिकाको चर्चा गरेका थिए । 

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ५४ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला