‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’ « Khabarhub

‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड- उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् ।

आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि नाटोले पूर्वी युरोपमा भारीमात्रामा सेना र हतियार परिचालन गर्नुपरेको उल्लेख गरे ।

ऊर्जा र अन्य आवश्यक स्रोत– साधनको लागत बढिरहेकाले नाटोका सहयोगीहरूले स्रोत व्यवस्थापनमा तनावका सङ्केत देखाएका छन् । यद्यपि उनीहरूले युक्रेनलाई अर्बौँको सैन्य एवम् नागरि सहायता उपलब्ध गराएका छन् । नाटोलाई सर्वाधिक सैन्यशक्ति प्रदान गर्ने देश अमेरिका हो । राष्ट्रपति जो बाइडेनले नाटो गठबन्धन विगतमा पनि एकजुट रहेको र भविष्यमा अझ सबल एवम् सुदृढ रहने बताए ।

नाटोमा स्रोत परिचालन एउटा संवेदनशील विषय बन्नसक्ने स्थिति छ । तीस सदस्यीय नाटोका नौ देशले प्रतिरक्षामा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत खर्च गर्ने सङ्गठनको लक्ष्य पूरा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नाटोका सदस्य मुलुकलाई आगामी दशकमा प्रतिरोध एवम् प्रतिरक्षाका निम्ति स्रोतको सुनिश्चित गर्न गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

नाटो नेताहरूले पूर्वी युरोपमा गठबन्धन सेनालाई रूसविरूद्ध बलियो एकता निर्माण गर्नु म्याडरिड शिखर सम्मेलनको प्रमुख प्राथमिकता भएको बताएका थिए । उनीहरूले युरोपको सुरक्षालाई सुदृढ एवम् सबल तुल्याउनुपर्नेमा जोड दिँदै रूस युरोपका लागिमात्र नभई समग्र नेटाका निम्ति पनि चुनौती भएको बताए

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : २७ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको