लागू औषधसहित सुर्खेतबाट एक जना पक्राउ « Khabarhub

लागू औषधसहित सुर्खेतबाट एक जना पक्राउ


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- लागू औषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको दुल्लु नगरपालिका–१ सातखम्बका २० वर्षीया दिनेश शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । हाल उनी वीरेन्द्रनगर नगरपालिका –३ मुसुरीखेत बस्दै आएका थिए ।

प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएको प्रहरी टोलीले शाहीलाई शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीकाअनुसार उनलाई सोधपुछ गरेर शरीर खानतलासी गर्दा उनको साथबाट ८ ग्राम ७८० मिलिग्राम र शुद्ध ६ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ०५ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको