श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव « Khabarhub

श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदद्वय बिमला बिक र विमला विश्वकर्माले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कबिहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् ।

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरुले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । एकल महिलाको परिभाषामा ‘नियमित १० वर्षभन्दा बढी समय श्रीमान सम्पर्कविहीन वा बेपत्ता भएका महिला’ भनी थप गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

प्रस्तावित विधेयकमा विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, ६० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलामध्ये नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपाले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका महिलालाई एकल भन्दा दिने व्यवस्था छ ।

यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्धय विक र विश्वकर्माले श्रीमान १० बर्षसम्म निरन्तर सम्पर्कबिहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

दुवै संशोधनकर्ता सांसद प्रमुख विपक्षी नेकपा एमालेका सांसद हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने एकल भत्ता पाउने प्रस्तावित ६० बर्षे उमेर हदलाई घटाएर ५० वर्ष बनाउनुपर्ने प्रस्स्ताव राखेका छन् ।

उनले कामदार वर्ग, विपन्न वर्ग वा गरिवीको रेखामुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता तोकिए भन्दा दिईगुणा बढी दिइने, ५५ वर्षभन्दा कम उमेरका असहाय एकल महिलालाई विद्यालय र विश्वविद्यालयमा निःशुल्क पाठ्यपुस्तकसहित अध्ययनको व्यवस्था गरिने कानुनी व्यवस्थाको समेत प्रस्ताव राखेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै