विश्वकै नम्बर एक ब्याटर बाबर अजाम ! | Khabarhub Khabarhub

विश्वकै नम्बर एक ब्याटर बाबर अजाम !

जसले पाकिस्तानबाट आइसीसीलाई ब्याटिङ गरिरहेका छन् !



काठमाडौँ : यदि कसैले सपना देख्छ भने त्यो पूरा पनि गर्न सक्छ । तर सपना देखेकाहरूले मेहनत गर्न थाले भने त्यो पूरा मात्रै हुँदैन, उनीहरूले आँखा अगाडि त्यसलाई दुनियाँसामु प्रमाणित पनि गर्छन् ।

अहिले पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर अजाम त्यही सपना पूरा गर्ने धुनमा छन् । जो वर्तमान क्रिकेट दुनियाँका नम्बर एक ब्याटर हुन् । यसलाई प्रमाणित गर्न उनलाई अझै केही अंकको आवश्यकता छ । अझै केही रन बनाउनुपर्नेछ । अनि थोरै धैर्यता पनि देखाउनुछ ।

आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा बाबर अजाम विश्वकै नम्बर १ ब्याटरका रुपमा स्थापित भएका छन् । एकदिवसीय र टी–ट्वान्टीमा त उनी एक नम्बर ब्याटर हुन् नै । टेस्ततर्फ पनि उनी १ नम्बर बन्ने धुनमा अगाडि बढिरहेका छन् ।

टेस्टमा उनी अहिले तेस्रो नम्बरमा छन् । पहिलो नम्बरमा इंग्ल्याण्डका जोय रुट छन् भने दोस्रो नम्बरमा अष्ट्रेलियाका मार्नस लाबस्चुंगे छन् । आउँदो महिना बाबरको टेस्ट शतक सम्भव भए उनी क्रिकेटका सबै संरचनामा विश्वकै नम्बर एक ब्याटर प्रमाणित हुनेछन् ।

उसो त फर्मका हिसाबले अहिले पनि उनी नम्बर एक नै हुन् । तर आइसीसीले प्रमाणित गर्ने नम्बर एक ब्याटर बन्न उनलाई केही अंकको आवश्यकता छ ।

बाबर अजामले एक महिना अगाडि नै आफू तीन वटै क्रिकेट संरचनामा नम्बर एक ब्याटर बन्न चाहेको बताएका थिए । उनी खासै धेरै बोल्दैनन् । तर जे बोल्छन्, त्यो पूरा गर्ने खालका ब्याटर हुन् । पछिल्लो ब्याटिङले बाबरको भनाइलाई पुष्टि गर्छ ।

नम्बर १ कीर्तिमान बनाइरहेका बाबर

बिहीबार श्रीलंकाविरुद्धको दोस्रो टेस्ट बराबरीमा सम्पन्न भएपछि आइसीसीको नयाँ बरियता सार्वजनिक भएको हो । जुन टेस्ट बराबरी गर्न पनि बाबरले अन्तिममा ८४ रन जोडेका थिए । उनले १६ रन बनाउन सकेको भए सायद टेस्टतर्फ पनि नम्बर १ ब्याटर बनिसक्थे होला ।

श्रीलंकाविरुद्धकै पहिलो टेस्टमा बाबरले शतक प्रहार गरेका थिए । पहिलो र दोस्रो टेस्टमा बाबरले जुन प्रदर्शन गरेका छन् । यो सम्झनलायक मात्रै छैन, उनको जीवनको सबैभन्दा उच्च र विशेष प्रदर्शन पनि हो । र, एक कीर्तिमान बनाउने बाटोमा निरन्तर अगाडि बढिरहेको प्रमाण पनि हो ।

आजमको नम्बर एक ब्याटर बन्ने सपना र उनको क्षमताबारे पनि अन्य क्रिकेटर आशावादी देखिन्छन् । जसमा भारतीय क्रिकेटर दिनेश कार्तिकले पनि आजमको खुलेर तारिफ गरेका छन् ।

‘आजम सबै फम्र्याटमा विभिन्न पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । राम्रो फर्ममा पनि छन् । उनको सपना साकार भएको हेर्न मन छ,’ कार्तिकले बताएका छन् ।

साथै मैदानमा खेल्दा उनको सन्तुलन र स्ट्राइकिङ प्वाइन्टले आफूलाई निकै प्रभावित गर्ने पनि दिनेशले टिप्पणी गरेका छन् । आजमले बाउन्सरलाई रनमा परिणत गर्न सक्नु पनि ठूलो सफलता भएको उनको भनाई छ । पीच अनुकुलको सुधार र प्रदर्शन गर्न बाबरको क्षमता भएको कार्तिक बताउँछन् ।

यस्तै पछिल्लो समय वर्तमान विश्व क्रिकेटमा चर्चित र उत्कृष्ट मन पर्ने चार जना क्रिकेटमा अब बाबरसहित पाँच जना हुनेमा पनि कार्तिकले अनुमान गरेका छन् ।

वर्तमान क्रिकेटका सबैभन्दा सफल र उत्कृष्ट क्रिकेटरमा भारतका विराट कोहली, अष्ट्रेलियाका स्टिभ स्मिथ, न्युजिल्याण्डका केन विलियम्सनइंग्ल्याण्डका जोय रुट छन् । यो सूचीमा पाकिस्तानी बाबर थिएनन् । तर उनी तीन वटै संरचनामा नम्बर १ बन्न सके वर्तमान विश्वका उत्कृष्ट क्रिकेटरमा पाँच जना हुनेछन् ।

सफलताका हिसाबले कोहली शीर्ष स्थानमा छन् । जसले ७० शतक बनाएका छन् । उनको छेउछाउ अर्को क्रिकेटर छैन । स्मिथले ४० भन्दा बढी शतक बनाएका छन् । यस्तै विलियम्सन र रुट दुवै जनाले पनि ४० भन्दा बढी शतक बनाएका छन् ।

तर बाबरले भने अहिलेसम्म सबै गरेर जम्मा २४ शतक मात्रै बनाएका छन् । त्यसैले उनी जति छिटो उत्कृष्ट खेलिरहेका छन्, त्यसलाई भरपर्दो र दिगो कसरी बनाउँछन् ? भन्ने प्रश्न यथावत छ ।

यद्यपि त्यसलाई बाबरले प्रमाणित गर्ने पनि कार्तिकले बताएका छन् ।

बाबरका सुरुवाती संघर्षशील दिन
२७ वर्षीय दाया हाते ब्याटर बाबर सुरुवातका दिनमा धेरै संघर्ष गरेका क्रिकेटर हुन् । सन् २००८ मा यू–१५ विश्व च्याम्पियनसिप देखि बाबर पाकिस्तानको क्रिकेट टिममा अभिन्न अङ्ग रहँदै आएका छन् ।

आजमले सन् २०१० र २०१२ मा भएको यू–१९ विश्वकप क्रिकेटमा पनि पाकिस्तानी टोलीका प्रमुख खेलाडी थिए । त्यसबेला आजम पाकिस्तानका ‘टप–स्कोर्र’ पनि घोषित भए ।

उमेर समुहमा लगातर राम्रो प्रदर्शन गर्दै आएका आजमको लागि सन् २०१५ मा राष्ट्रिय टोलीको लागि ढोका खुल्यो । जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजमा आजमले आफ्नो डेब्यु खेल खेले । तर सुरक्षाका कारण पाकिस्तान अन्तर्राष्ट्रिय भेन्यूबाट हटाइएको समयमा नै आजमको उदय भयो ।

सन् २०१६ देखि पाकिस्तानी क्रिकेट टोलीमा आफ्नो पकड जमाउँदै गरेका आजम वेस्ट इन्डिजको खेलबाट चर्चामा आएका हुन् ।

यूएईमा भएको वेस्ट इन्डिजविरुद्धको खेलमा शतक हान्दै बाबरले सबैको ध्यान आफूतिर तानेका थिए । ह्यामिल्टनमा भएको आफ्नो तेस्रो टेस्टमा पनि उनी ९० रन जोड्न सफल भए । त्यसबेला आजम केवल २२ वर्षका थिए ।

आजम एकदिवसीयमा दुई हजार र टी–ट्वान्टी क्रिकेटमा छिटो एक हजार रन पूरा गर्ने दोस्रो क्रिकेटर पनि हुन् । विश्वकपमा न्यूजिल्याण्डविरुद्धको खेलमा पनि आजमले शतक प्रहार गरेका थिए । जसले पाकिस्तानी क्रिकेटरको क्षमतालाई दर्शाएको थियो ।

आजमको सुरुवाती वर्षका टेस्ट खेलमा सन्तोषजनक प्रदर्शन नभए पनि हरेक वर्ष सुधार गर्दै आएका थिए । फलस्वरुप सन् २०१८ मा नै आजम पाकिस्तानबाट उत्कृष्ट टेस्ट ब्याट्सम्यानको सुचीमा पर्न सफल भएका थिए ।

सन् २०१९ मा आजम टी–ट्वान्टी तथा एकदिवसीय कप्तानमा नियुक्त भए । साथै सन् २०२१ मा उनको काँधमा टेस्ट फम्र्याटमा पनि नेतृत्व गर्ने जिम्मेवारी थपियो । सबै जिम्मेवारीलाई व्यवस्थापन गर्दै आजम अघि बढेका छन् ।

करियरकै उत्कृष्ट फर्ममा रहेका कप्तान बाबर आजम टेस्ट ब्याटिङतर्फ पनि नम्बर १ ब्याटर बन्न अघि बढिरहेका छन् । उनी नम्बर १ बन्लान वा नबल्लान तर, यो सफलता नजिक पुगेका भारतीय सुपरस्टार विराट कोहलीलाई बाबरले पछाडि पारिसकेका छन् ।

कोहली आफ्नो उत्कृष्ट फर्मको बेला टेस्ट र एकदिवसीय क्रिकेटमा नम्बर एक ब्याटर थिए । त्यतिबेला उनी टी–ट्वान्टीतर्फ भने पछाडि थिए । यतिबेला बाबर भने टी–ट्वान्टी र एकदिवसीयबाट नम्बर एक हुँदै टेस्टमा पनि नम्बर १ हुने दाउमा छन् ।

यदि उनले टेस्टमा पनि जोय रुटको शीरबाट नम्बर १ ब्याटरको ताज खोस्न सफल भएमा विश्व क्रिकेटकै नम्बर १ ब्याटरको पहिलो कीर्तिमान आफ्नो नाममा सफल हुनेछन् ।

यो भनेको अहिले पनि धेरैले मन नपराउने तर भारतको विरोधी मात्रै सम्झिने बाबर अजामले त्यही देश पाकिस्तानबाट आइसीसीलाई ब्याटिङ गर्नेछन् । अहिलेसम्म आइसीसीको सबै क्रिकेट संरचनामा नम्बर १ ब्याटर बन्नेको कीर्तिमान लेखिएको छैन । जुन बाबरले लेख्ने सम्भावना धेरै छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : १६ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर