आगामी तीन दिन देशभर वर्षाको सम्भावना, कहाँ हुँदैछ भारी वर्षा ? | Khabarhub Khabarhub

आगामी तीन दिन देशभर वर्षाको सम्भावना, कहाँ हुँदैछ भारी वर्षा ?


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ३७ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ