कर्णालीका विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा पुर्‍याउन समझदारीपत्रमा हस्ताक्षर « Khabarhub

कर्णालीका विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा पुर्‍याउन समझदारीपत्रमा हस्ताक्षर


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जामार्फत उज्यालो पुर्‍याउन सहकार्य हुने भएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जामार्फत काम गर्ने सहमति भएको हो ।

ऊर्जा मन्त्री गणेशप्रसाद सिंह र  केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जाजरकोटमा विद्युत् नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य ऊर्जा मार्फत विद्युतीकरण गर्ने सहमति भएको छ ।

योभन्दा अगाडी जाजरकोटका नलगाड, बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ । सौर्य ऊर्जामार्फत १० वर्षसम्म विद्युत् लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जा मार्फत सेवा लिन सकिने अवधारण अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाई निर्देशनसमेत दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ४७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको