जुलेस कोउन्डे बार्सिलोनामा अनुबन्ध « Khabarhub

जुलेस कोउन्डे बार्सिलोनामा अनुबन्ध


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक जुलेस कोउन्डेलाई सेभियाबाट ५०मिलियन युरोमा अनुबन्ध गरेको छ ।

क्याटलान क्लब बार्सिलोनाले २३ वर्षीय कोउन्डेको सम्झौता भएको र अब मेडिकल टेस्ट हुने बताएको छ ।

सन् २०२१ मा फ्रान्सबाट डेब्यु गरेका कोउन्डेले ११ क्याप जितेका छन् । उनले नेसन्स लिगमा स्पेनविरुद्ध डेब्यु गरेका थिए ।

युवा रक्षकलाई भित्राउन इंग्लिस क्लब चेल्सी समेत अग्र स्थानमा रहेको थियो । कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । सन् २०१९ मा बोर्डेउक्सबाट सेभिया आएपछी कोउन्डेले युरोपा लिगको उपाधी हात पारेका थिए ।

प्रशिक्षक जाभिले कोउन्डे अघि पोल्यान्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ब्राजिल स्ट्राइकर राफिन्हा, डेनमार्क डिफेन्डर क्रीस्टेन्सनलाई अनुबन्ध गरिसकेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ३९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको