झापामा लागुऔषधसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

झापामा लागुऔषधसहित दुईजना पक्राउ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले बिहीबार दुवैजनालाई पक्राउ गरेको हो ।

प्रहरीले बुद्धवीरको साथबाट लागुऔषध तथा तीन थान मोबाइलसमेत बरामद गरेको छ । दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ५२ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्