उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो | Khabarhub Khabarhub

उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो



दोहा – साउदी अरबमा सवारी दुर्घटना परी गम्भीर घाइते भई अर्धचेतन अवस्थामा रहेका एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ।

गत जनवरीमा साउदी अरबको अल कासिम क्षेत्रमा सवारी दुर्घटना परी गम्भीर घाइते भई हायलस्थित साउदी-जर्मन अस्पतालमा उपचाररत काभ्रेको रोशी गाउँपालिका-४ का रामबहादुर तामाङलाई नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासलगायतको पहलमा अस्पतालले उनको उपचारमा लागेको (स्वास्थ्य बिमाले कभर गरेको बाहेक) २ लाख ५० हजार साउदी रियाल मिनाहा गरिदिनुका साथै उनलाई हायलबाट रियाद विमानस्थलसम्म एम्बुलेन्समा निःशुल्क ल्याइदिएको दूतावासले जनाएको छ ।

अस्पतालले बिरामीलाई उनको परिवारको साथमा राखेर आवश्यक हेरचाह गर्दा छिटो होस् आउन सक्ने भन्दै छिटो नेपाल लैजान सुझाएको थियो ।

साथै, दूतावासले नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न र स्टेचर बापतको खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्ने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल एयरलाइन्ससँग पहल गरेको थियो ।

नेपाल प्रवासी समाज, हायलले उनलाई सहयोग गर्न भन्दै संकलन गरेको १२ हजार ७३० रियाल दूतावासको सल्लाहमा उनको परिवारलाई पठाएको छ।

सो रकम नेपाली प्रवासी समाज, हायलले जुलाई २४ तारिखमा उनको बुबा अमृत सिं लामाको नाममा कुमारी बैंक लिमिटेडमा रहेको खाता नम्बर १७००९, ५५२५५३०००११ मा पठाइदिएको हो।

दूतावासले बिरामीको आवश्यक कागजातसहित एक्जिट भिसाको लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : २६ बजे

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर– जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि