लुम्बिनी प्रदेशका संसदीय समितिले कार्यकाल सकिनै लाग्दा पाए पूर्णता | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशका संसदीय समितिले कार्यकाल सकिनै लाग्दा पाए पूर्णता


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् ।

लुम्बिनीमा डेढ वर्षदेखि चार वटा विषयगत समिति सभापति नहुँदा कामविहीन थिए । जसका कारण संसदको काम कारबाहीमै प्रत्यक्ष असर परेको थियो । चार वटा विषयगत समिति मध्ये तीनवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेले पाएको छ । सत्तारुढ गठबन्धनले एमालेलाई विषयगत समितिको नेतृत्व दिन नचाहेका कारण समितिको सभापति चयमा ढिलाइ भएको हो ।

तर अन्तिममा सत्तारुढ दलहरु काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमालेलाई तीनवटा समितिको सभापति दिन तयार भएका हुन् । जस अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी, अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकी जाल्पा भुसाल र सामाजिक विकास समिति सभापतिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभामा समितिका सभापतिका लागि एकल उम्मेदवारी परेपछि सभापतिहरु निर्विरोध भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए ।

यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति रहेका दधिराम न्यौपाने र कृषि, वन तथा वातावरण समितिको सभापति रहेका विजयबहादुर यादवको सांसद पद गुमेपछि सभापति पद रिक्त थिए । यस्तै सामाजिक विकास समितिको सभापति रहेका दीर्घनारायण पाण्डेले सांसदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो भने लेखा समितिका सभापति रहेका डिल्ली चौधरी मन्त्री बनेपछि सभापति पद रिक्त रहेको थियो । लेखा समितिको सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धमकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गीता थापा सदस्य रहेका छन् ।

अर्थ, उद्योग तथा पर्यटन समिति सदस्यहरूमा थानकुमारी थापा चापागाईँ, भगवती देवी भण्डारी, दिपेन्द्रकुमार अधिकारी, तुल्सी चौधरी, लिला गिरी, युवराज खनाल भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मोहम्मद याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर, निर्मला मुडवरी भट्टराई रहेका छन् । कृषि वन तथा वातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल, अष्टभुजा पाठक, रुन्धावती शर्मा, दिपेन्द्रकुमार पुन मगर, लौटी थारु सदस्य रहेका छन् ।

सामाजिक विकास समितिमा कमलादेवी बिक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली, दिपा बिक सदस्य रहेका छन् । लुम्बिनीमा यी सहित प्रदेश मामिला तथा कानुन समिति, भौतिक पूर्वाधार विकास समिति र विशेषाधिकार समिति गरी सात वटा विषयगत समिति रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ५८ बजे

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो

एजेनसी – इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल