दक्षिण कोरियामा एक दिनमा ८५ हजार कोरोना संक्रमित थपिए « Khabarhub

दक्षिण कोरियामा एक दिनमा ८५ हजार कोरोना संक्रमित थपिए


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ८५ हजार ३२० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

यसैसँगै कुल संक्रमितको संख्या एक करोड ६२ लाख ५१७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।

अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड संक्रमण घटेको जनाइएको छ। तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ। यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ।

यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या २४ हजार नौ सय ९२ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : २२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि