दक्षिण कोरियामा एक दिनमा ८५ हजार कोरोना संक्रमित थपिए « Khabarhub

दक्षिण कोरियामा एक दिनमा ८५ हजार कोरोना संक्रमित थपिए


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ८५ हजार ३२० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

यसैसँगै कुल संक्रमितको संख्या एक करोड ६२ लाख ५१७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।

अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड संक्रमण घटेको जनाइएको छ। तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ। यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ।

यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या २४ हजार नौ सय ९२ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : २२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको