नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो « Khabarhub

नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित एक कार्यक्रममा चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो।

सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५-१२५ पुगेको छ। त्यसैगरी पर्सा निकुञ्जमा ४१, शुक्लाफाँटा निकुञ्जमा ३६ र बाँके निकुञ्जमा २५ वटा बाघ छन् । बाघ पाइने पाँच वटै राष्ट्रिय निकुञ्जमा सङ्ख्या बढेको छ। सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेका थिए।

विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मै रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले सन् २०२२ मा लक्ष्य पूरा गरेको छ।

सन् २०१८ मा २३५ वटा बाघ रहेकोमा चार वर्षमा १२० बाघ थपिएका छन्। बासस्थान व्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा वृद्धि भएको बताइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ०७ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको