छानविन समितिले पूर्णरुपमा काम गर्न सकेन : प्रदीप ज्ञवाली « Khabarhub

छानविन समितिले पूर्णरुपमा काम गर्न सकेन : प्रदीप ज्ञवाली


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको  बताएका छन् ।

छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सीसीटिभि बाहेक अन्य विषयमा अनुसन्धान हुन नसकेको बताएका हुन् ।

उनले समितिमा रहेका सत्तापक्षका सांसदहरूका कारण छानविन पूर्ण हुन नसकेको आरोप समेत लगाए । अनधिकृत भनिएका व्यक्तिहरूको कल डिलेज लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरूको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उनको भनाई छ ।

अनुसन्धान पूर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्णरुपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफू मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताए । उनले अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धति मुख्य विषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको तर्क गरे। 

उनले समितिले बनाएको कार्यविधि अनुसार पनि काम हुन नसकेको जिकिर गरे ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ४२ बजे

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम

किसानका समस्या समाधान गर्नुपर्छ : संयोजक प्रचण्ड

ललितपुर- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७