प्रेस चौतारी नेपालद्वारा आन्दोलन परिचालन कमिटी गठन « Khabarhub

प्रेस चौतारी नेपालद्वारा आन्दोलन परिचालन कमिटी गठन


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्ट्राचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रबार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ । चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो । 

परिचालन कमिटीलाई नेकपा एमालेले १६ साउनमा आयोजना गरेको महंगी र भ्रष्ट्राचारविरुद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । परिचालन कमिटीमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपाध्यक्ष देविका घर्तीमगर, महासचिव हिरामान लामा, उपमहासचिव शुरोजंग पाण्डे, राजु सुबेदी, कोषाध्यक्ष इन्द्र आचार्य र सचिवहरु हरिबल्लभ नेपाल, विष्णु तारुके, लोग्सरी कुँवर, उपत्यकामा रहेका केन्द्रिय सदस्य, भूगोल, प्रतिष्ठान र एशोसिएट कमिटीका पदाधिकारी सदस्य रहेका छन्।

बैठकमा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले महंगीविरुद्धको जनप्रदर्शनमा आम जनतालाई सडकमा उतार्ने काममा आ–आफ्नो ठाउँबाट जुट्न निर्देशन दिए । चौतारीको बैठकले महंगीले आम जनताको जनजीवनमा पारेको प्रत्यक्ष प्रभावबारे सूचनामूलक र जनचेतनामूलक सामग्री उत्पादन गरी प्रचार गर्ने निर्णयसमेत गरेको छ । 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ०८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको