८ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा काका पक्राउ « Khabarhub

८ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा काका पक्राउ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– आठ वर्षीया बालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् ।

१० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ ।

बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।

अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुखसमेत रहेका रावलको भनाइ छ ।

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : २२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको