पोखरामा आजदेखि प्रथम ‘मेयर सम्मेलन’ सुरु « Khabarhub

पोखरामा आजदेखि प्रथम ‘मेयर सम्मेलन’ सुरु


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ ।

पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागी हुन आउनुभएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले आज पोखरामा स्वागत गरेको छ । सहभागीलाई पोखरेली ढाका टोपी, सल र खादा मालाबाट स्वागत गरिएको थियो ।

पोखराका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्षले पाहुनालाई स्वागत गर्नुभएको थियो । महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने पोखरा महानगर प्रमुख आचार्यले बताए ।

महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको उनको भनाई छ ।।

उनले भने , ‘ गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौति र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ । सम्मेलनले पोखरा घोषणा जारी गर्नेछ र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ ।’

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा प्रस्तुति राखेका थिए । यसैगरी महानगरपालिकाका प्रमुखद्वारा महानगरपालिकाका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीहरूबारे अनुभव आदानप्रदान गरे ।

सम्मेलनमा उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्नेछन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीबारे आफ्नो अनुभव राख्नेछन् ।

सम्मेलन पोखरा घोषणा पत्र जारीसँगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झण्डा हस्तान्तरण गरेर समापन हुने पोखरा महानगरले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : २८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि