सरस्वती कली र लोकतन्त्र कलीले बच्चा जन्माइन् « Khabarhub

सरस्वती कली र लोकतन्त्र कलीले बच्चा जन्माइन्


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर छ ।

आइतबार एकै दिन दुई वटा हात्तीले एक/एक बच्चा जन्माएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी बच्चालाई जन्म दिएका हुन् ।

हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । दुबै आमा र दुबै बच्चाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए ।

नेपालमा हाल जङ्गली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाईसराई गरेर आउने (झापा र शुक्लाफाटामा) २०० को हाराहारीमा र घरपालुवा १७८ (सरकारी १०२ र निजी ७६) को संख्यामा हात्ती छन् । घरपालुवा हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज,  र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका उनले बताए । चितवनमा हात्तीको प्रजनन केन्द्र सफल रुपमा सञ्चालित छ ।

हात्तीले एकै दिन भाले र पोथी बच्चा जन्माउनु खुशीको कुरा भएको बताउँदै महानिर्देशक ढकालले यिनीहरुको हेरचाहमा हात्तीसारमा काम गर्ने कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले हात्तीसारमा काम गर्ने कर्मचारीको सेवासुविधा वृद्धि गरी प्रोत्साहन गर्नुपर्ने नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । हात्तीलाई  हिन्दु धर्ममा भगवानको रुपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ ।

सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको जानकारी दिँदै उनले पर्यटन प्रर्बद्धनमा पनि हात्तीको ठूलो योगदान रहेको बताए । यसका साथै बेला बेलामा हात्तीबाट हुने हानी नोक्सानी र क्षतिले गर्दा मानव–हात्ती द्वन्द्व बढ्दो छ । हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ भत्काउने, बालीनाली नोक्सानी गर्ने, भण्डारण गरेको अन्न खाइदिने गर्दै आएको छ । यो समस्या न्यूनीकरणका लागि विभागले विभिन्न कार्य गर्दै पनि आएको छ ।

हात्ती कै विषयमा विद्यावारिधि गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामका अनुसार जङ्गली रैथाने हात्ती बढी पाइने स्थान बर्दिया निकुञ्ज  र त्यसपछि पर्सा राष्ट्रिय निकुञ्ज हो । पछिल्लो समय हात्ती संरक्षणमा विभिन्न चुनौती बढ्दै गएका छन् । बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेको छ भने बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी शिकारी मुख्य चुनौती बढेको छ।

नेपालमा हालसम्म बाघ र गैंडाको जस्तो व्यवस्थितरुपमा हात्तीको गणना गर्ने नगरिएकाले यसको संरक्षण र जानकारीका लागि गणना सुरु गर्नुपर्ने उनको तर्क थियो।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : १८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक