डुबेर तीन जनाको मृत्यु  | Khabarhub Khabarhub

डुबेर तीन जनाको मृत्यु 


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँके, सल्यान र रूपन्देहीमा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१४ मन्निपुरूवा बस्ने सखिल पठानको ७ वर्षीय छोरा अन्नान पठानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । 

घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सल्यानको कुमाख गाउँपालिका–३ रागेचौर बस्ने ४० वर्षीय पूर्ण बहादुर थापाको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । 

उक्त कुलोमा डुबेर अशक्त भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको  हो । रूपन्देहीको सियारी गाउँपालिका–२ मेहथावल बस्ने ३९ वर्षीय राजु थारूको घर नजिकैको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ३० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डको कालोपत्र सकियो

दमौली– मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली

सुरु भयो आँप मेला (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीन दिने ‘नेपाल म्याङ्गो

सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

घोडाघोडी–  कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह

कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर