मानव सभ्यतालाई कायम राख्न अझै तेल र ग्यास चाहिन्छ : इलोन मस्क | Khabarhub Khabarhub

मानव सभ्यतालाई कायम राख्न अझै तेल र ग्यास चाहिन्छ : इलोन मस्क


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टेस्ला कम्पनीको संस्थापक इलोन मस्कले मानव सभ्यतालाई कायमै राख्नका लागि अझै तेल र ग्यासको आवश्यकता रहेको जनाएका छन् ।

नर्वेमा भएको एक सम्मेलनका क्रममा उनले मानव सभ्यताका लागि तेल र ग्यासको आवश्यकता अझै रहेको जनाएका हुन् ।

‘यथार्थ भन्दा, मेरो विचारमा हामीले छोटो समयका लागि अझै तेल र ग्यासको प्रयोग गर्नु आवश्यक छ, किनकी नत्रभने मानव सभ्यता नै धराशायी हुनेछ ।’ नर्वेको दक्षिणी सहर स्टाभेङ्गरमा आयोजित उर्जासम्बन्धी सम्मेलनमा मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

तेल एवम् ग्यासजन्य खनिज पदार्थका लागि युरोपमै धनी मानिने ‘नर्वेले ग्यास र तेल उत्खननलाई निरन्तता दिनुपर्छ ?’ भन्ने प्रश्नमा मस्कले भने, ‘मेरो विचारमा अहिलेको समयमा (तेल र ग्यासका लागि) केही खोजबिन हुनु आवश्यक छ ।’

‘दीगो ऊर्जा एवम् दिगो अर्थतन्त्रतर्फको परिवर्तन विश्वले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो चुनौतिमध्येको एक हो ।’ उनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ, ‘यो पूरा हुन केही दशक लाग्नेछ ।’

सन्तोषजनक ब्याट्रीका साथ नर्वेको तटपारी उत्तर सागरमा राखिएका हावाबाट बिजुली निकाल्ने यन्त्र ऊर्जाको महत्वपूर्ण स्रोत हुने समेत उनले बताए । ‘यसले हिउँदमा बलियो, दीगो ऊर्जाको स्रोत प्रदान गर्नेछ ।’

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ५ : ४५ बजे

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग