ब्लास्ट रोगले सखाप हुँदै जुम्लाको मार्सी धानबाली « Khabarhub

ब्लास्ट रोगले सखाप हुँदै जुम्लाको मार्सी धानबाली


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबाली ब्लास्ट रोगले बर्बाद बन्ने अवस्थामा पुगेको छ । जुम्लाको तातोपानी गाउँपालिका-४ को गौतमवाडामा रहेको धानको ज्युलोकाे धानबाली ब्लास्ट रोगले सखाप भएको छ । रोग लागेपछि यहाँका किसानलाई बाँकी बाली कसरी जोगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान रोपिएको हो ।

धानमा  ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खोज्दै पुगेको स्थानीय भावना उपाध्यायले बताइन् । उनले भनिन, ‘पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।’

तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुखेसो गरिन । उनले भनिन्, ‘हाम्रो  पहिचान बनेको मुख्य धानबाली नै हो  । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ ।’

यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेको र किसानलाई परामर्श दिएको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ६ : २७ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः