चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको निट राइटिङ बन्यो भाइरल « Khabarhub

चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको निट राइटिङ बन्यो भाइरल


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – चिकित्सक उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन्। डाक्टरहरूको पे्रस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन्।

तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको फोटोले सामाजिक सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ। यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन्।

यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो। नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र ९सीएचसी०मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन्।

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त प्रेसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए। भारतीय सञ्चार माध्यमका अनुसार डा नारायणन विगत तीन वर्षदेखि सीएचसीमा कार्यरत छन्। उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे।

अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन्।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ९ : २२ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र