उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९ जना चालक कारबाहीमा « Khabarhub

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९ जना चालक कारबाहीमा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४०९ जना चालकहरूलाई हिजो काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्किङ गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १२६ जना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, सडक लेन उल्लङ्घन गर्ने ४२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६७ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ५३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले बताएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : ४९ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।