डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान  « Khabarhub

डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान 


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आयाेजनाले गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर-१० मूलढोका कमलविनायक भक्तपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको जनाइएको छ ।

भक्तपुरको गठ्ठाघरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले संस्थाले निरन्तर सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा यो पटक डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरेको जानकारी गराए । एक पाइला मानवताका लागि भन्ने नाराका साथ कार्यक्रम गरेको उनले जनाए ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँका साथै देशका विभिन्न जिल्लामा उपभोक्ताको सुविधाका लागि यस्ता गार्डेन मार्टहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १२ : ०७ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले