सेयर बजार नेप्से १६ अंकले वृद्धि « Khabarhub

सेयर बजार नेप्से १६ अंकले वृद्धि


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार लगातार तेस्रो दिन बिहीबार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको छ । जीवन बिमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको सेयर भने उच्च अंकले वृद्धि भएको छ । कारोबार रकम पनि बुधबारको तुलनामा सामान्य बढेको छ ।

बुधबार ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता सेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्स्युरेन्स कर्पोरेसनको प्रमोटर सेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।

आज अभियान लघुवित्तको सेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको सेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । साम्लिङ पावर कम्पनीको सेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ४ : ५१ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर