दुग्ध विकास संस्थानद्धारा दुग्धजन्य पदार्थमा छुट « Khabarhub

दुग्ध विकास संस्थानद्धारा दुग्धजन्य पदार्थमा छुट


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो ।

संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा ५०, पनिरमा २०, चिजमा २० र दहीमा रु १० सहुलियत प्रदान गरिएको जानकारी दिए ।

‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विस २०७९ भदौ १६ गते बसेको दसैँ, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको हो’, अधिकारीले भने ।

उपभोक्ताले असोज १ देखि कात्तिक १५ गतेसम्म उक्त सामान खरिद गर्दा छुट पाउनेछन् । प्रवक्ता अधिकारीका अनुसार हाल देशभर दैनिक एक लाख लिटर दूध तथा दही बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको माग भने दैनिक एक लाख ३० हजार लिटर रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ५ : ५५ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय