पाकिस्तानमा डेङ्गुको प्रकोप झन् बढ्यो « Khabarhub

पाकिस्तानमा डेङ्गुको प्रकोप झन् बढ्यो


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानमा केही हप्तायता देखिएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुगेकोमा अहिले फेरी डेङ्गुको प्रकोप थप बढेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको हो । डेङ्गुको प्रकोप बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले जनाएका छन् ।यसअघि बाढीबाट पनि बढी क्षति पुगेको पाकिस्तानको सिन्ध प्रान्तमा डेङ्गुको पनि प्रकोप बढेको हो । सो प्रान्तमा मात्र गएको २४ घन्टायता तीन सय ८७ जना डेङगुका बिरामी भेटिएका छन् ।

यसपछिको प्रभावित क्षेत्र कराँची हो । कराँचीमा मात्र गएको २४ घन्टामा दुई सय ५३ जनामा यसको सङ्क्रमण देखिएको छ ।सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन्, ती क्षेत्रमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।

यी दुई प्रान्तमा गरेर गएको सेप्टेम्बर महिना यतादेखि आजसम्ममा नौ हजार जनाभन्दा बढीमा यसको प्रकोप देखिएको हो ।सिन्ध प्रान्तमा मात्र छ हजार छ सयजनामा यसको प्रकोप देखिएको छ । यी दुवै प्रान्तमा यसको प्रकोप बढ्दै गएको पाइएको अधिकारीले जनाएका छन् ।

पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेङ्गुको प्रकोप बढ्दो देखिएको छ ।यहाँ पनि यसवर्ष मात्र पाँच हजार जनाभन्दा बढीमा यो संक्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ६ : ५५ बजे

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला