कृषकलाई बाली भित्र्याउने चटारो, पाइदैनन् मजदुर  « Khabarhub

कृषकलाई बाली भित्र्याउने चटारो, पाइदैनन् मजदुर 


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दसैँ, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ । खेती लगाउने, भित्र्याउने तथा गाईभैँसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदुर पाइन छाडेका मङ्गला गाउँपालिका–२ सिमका दीपक केसीले बताए । ‘काम गर्नसक्ने उमेरका मानिस विदेशमा छन्’, भैँसी फार्म सञ्चालन गरेका केसीले भने, ‘तराई, मधेसका जिल्लाबाट मजदुर बोलाएको छु ।’

पशुलाई चरनका लागि लेक र बेंसी गराउने चलन अघिल्लो पुस्ताका वृद्ध थला परेपछि हराउँदै गएको छ । वृद्ध उमेरका कृषकले भेडा, बाख्रा, गाई र भैँसीका गोठ धानेका छन् । गोठाला नपाएपछि घोडा, गाई र भेडा पाल्न छोडेको धवलागिरि गाउँपालिका–३ फलियागाउँका चकबहादुर मल्लले बताए ।

तीस हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको म्याग्दीमा हाल एक तिहाइभन्दा कम १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती हुन्छ । जनशक्ति पाइन छाडेपछि अर्म, पर्म, हुड्डा लगाएर खेतीबाली लगाउने, गोडमेल र भित्र्याउने चलन हराएको बेनी नगरपालिका–२ बाङ्गेराका कृषक वीरेन्द्र किसानले बताए ।

‘ट्र्याक्टर, थ्रेसर आदि उपकरणको विकासले सहज भए पनि लागत उठाउनै मुस्किल छ’, उनले भने, ‘अर्मपर्म गर्ने चलन हराएपछि घरकै सदस्यले फुर्सद निकालेर खेती लगाउने र भित्र्याउने गर्न थालेका छौँ ।’ गाउँमा वृद्धवृद्धा, महिला, बालबालिका मात्रै भेटिन्छन् । रोजगारीको खोजीमा युवा जनशक्ति बाध्यताले विदेशिने अवसर र सुविधाको खोजीमा सहरतर्फ केन्द्रित हुने तथा सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिएर झाडी र जङ्गलमा परिणत हुन थालेका छन् । 

बस्तीदेखि टाढाका जमिनमा खेती गर्न छाडेकाले झाडी र जङ्गलमा परिणत भएका बेनी नगरपालिका-२ का पदमपाणि शर्माले बताए । ‘ट्र्याक्टरले जोत्न, थ्रेसरले गेडा झार्न, खेतकै छेउमा ट्र्याक्टरबाट मल, नल, पराल, धान र गहुँ ओसार्न सजिलो त भएको छ’, उनले भने, ‘टाढाको बाली लगाउन महँगो पर्ने भएपछि कतिपयले बाँझै छोडेका छन् ।’ पछिल्लो जनगणनाअनुसार म्याग्दीको जनसङ्ख्या १० वर्षको अवधिमा छ हजारले घटेर एक लाख सात हजार भएको छ । २५ देखि ३० हजार जनसङ्ख्या विदेशमा छन् । 

खेती कार्यमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि यन्त्र उपकरणको प्रयोगमा जोड दिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । कम श्रम र लागतमा गर्न सकिने फलफूल तथा नगदे बालीको खेती गरेर बाँझो जमिनलाई प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ छ । बाँझो जमिनमा खेती गर्नेलाई अनुदानकोसमेत व्यवस्था मिलाएको सिग्देलले बताए ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : ४७ बजे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौँ– अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सञ्चालन, बीपी राजमार्गमा सवारी निषेध

काठमाडौँ– केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा