जसले ज्यान मुद्दामा ३८ वर्ष सजाय काटे, अन्ततः निर्दोष साबित भएसँगै रिहा भए… « Khabarhub

जसले ज्यान मुद्दामा ३८ वर्ष सजाय काटे, अन्ततः निर्दोष साबित भएसँगै रिहा भए…


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डीएनए प्रमाणबाट निर्दोष साबित भएसँगै अमेरिकामा ३८ वर्ष जेलमा सजाय काटेका एक जना रिहा भएका छन् । ज्यान मुद्दामा ३८ वर्षदेखि जेलमा सजाय काटिरहेका माउरिस ह्यास्टिङ्ग्स डीएनए प्रमाणबाट निर्दोष साबित भएसँगै रिहा भएका हुन् ।

सन् १९८३ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा रोबेर्टा वाइडरमायर नाम गरेकी महिलाको हत्यामा संलग्न रहेकोमा उनलाई सन् १९८८ मा दोषी ठहर गरिएको थियो । यसबाहेक हत्या प्रयासको दुई अभियोगमा पनि उनी दोषी पाइएका थिए ।

तर, नयाँ डीएनए प्रमाणबाट सन् २०२० मा जेलमा नै निधन भएका अर्का व्यक्तिले वाइडरमायरको हत्या गरेको साबित भएसँगै उनी रिहा भएका हुन् ।

सन् १९८३ मा वाइडरमायरको शव कारको डिक्कीमा फेला परेको थियो । उनको टाउकोमा गोलीको एउटा घाउ पनि पाइएको थियो । त्यसअघि उनीमाथि यौन दुव्र्यवहार समेत भएको बीबीसीले जनाएको छ ।

अभियोजनकर्ताहरुले ह्यास्टिङ्ग्सलाई हत्याको अभियोगमा मृत्युदण्डको माग गरेका थिए । यद्यपि अदालतले उनलाई कुनै माफीबिना आजीवन कारावासको सजाय सुनाएको थियो ।

वाइडरमायरको हत्यापछि पोस्टमार्टम गर्दा उनको शरीरमा वीर्यको नमूना भेटिएको थियो । ह्यास्टिङ्ग्सले पक्राउ परेदेखि नै आफू निर्दोष रहेको बताउँदै आएका थिए । सन् २००० मा उनले डीएनए परीक्षणका लागि गरेको आग्रह जिल्लाका अभियोजनकर्ताले अस्वीकार गरेका थिए ।

यद्यपि सन् २०२१ मा उनको आग्रह स्वीकार भएसँगै गत जुलाई महिनामा उनको डीएनए परीक्षण गरिएको थियो । डीएनए परीक्षणका क्रममा त्यस वीर्यको डीएनए उनीसँग नमिलेका कारण गत अक्टोबर २० मा अदालतले उनलाई निर्दोष साबित गरेको हो ।

उक्त वीर्यको डीएनए सशस्त्र अपहरणमा दोषी ठहर भएर सन् २०२० मा जेलमै मृत्यु भएका अर्कै मानिससँग मिलेको बीबीसीले जनाएको छ ।

रिहा भएसँगै हाल ६९ वर्ष पुगेका उनले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई कसैप्रति पनि आफ्नो पूर्वाग्रह नरहेको र बाँकी रहेको आफ्नो जीवन खुशीसाथ बिताउन चाहेको प्रतिक्रिया दिएका छन् ।

यता क्यालिफोर्निया राज्यको लस एन्जलस जिल्लाका अधिवक्ता जर्ज गास्कोनले यस घटनालाई ‘गम्भीर अन्याय’ को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ५ : ०७ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न