हिमाल आरोही इटालियन टोलीलाई पाँचपोखरीमा स्वागत « Khabarhub

हिमाल आरोही इटालियन टोलीलाई पाँचपोखरीमा स्वागत


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ हुँदै गाङचेम्पो हिमाल (६३८७ मि)आरोहण गर्न इटालीबाट आएका पर्वतारोहीलाई आज स्वागत गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पहिलोपटक गाङ्चेम्पो हिमाल आरोहण गर्न आउने इटालियन पर्वतारोहीलाई गाउँपालिकाको प्रवेशद्धार खाल्डे खोलामा स्वागत गरेको हो । गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, कार्यपालिका सदस्य, कर्मचारी र स्थानीयवासीले टोलीलाई स्वागत गरे। पहिलोपटक पाँचपोखरी पदमार्ग हुँदै जाने १५ जनाको टोलीमध्ये सात जनाले हिमाल आरोहण गर्ने र बाँकी बेसक्याम्पमा रहेर पर्वतारोहीलाई सहयोग गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

छ हजार तीन सय ८७ मिटर उचाइमा रहेको गाङ्चेम्पो हिमाल १० दिन देखि १२ दिनसम्म आरोहण गरी टोली फर्किने अध्यक्ष लामाले बताए । राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृङ्खलाअन्तर्गत गाङ्चेम्पो हिमाल काठमाडौँबाट लगभग एक सय किलोमिटर दूरीमा छ । गङछेम्पो हिमाल १० देखि १२ दिनमा आरोहण गरी फर्कन सकिने भोताङका स्थानीयवासी बताउँछन् ।

सन् १९३० मा ब्रिटिस आरोही बिल तिलमानले नेपालका विभिन्न हिमालको अध्ययन तथा आरोहणका क्रममा जुगल हिमशृङ्खलाका चुचुरा र हिमालको आधार क्षेत्र साथै पाँचपोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेका थिए ।

सन् १९५५ मा तीन अमेरिकन महिलाले जुगल आरोहणको प्रयास गरेका थिए । हाइ अल्टिच्युडका कारण एक सदस्य बिरामी परेको र बाँकीले खराब मौसमका कारण छ हजार एक सय ५१ मिटरसम्म यात्रा गरी फर्किएका थिए । त्यसयता जुगल हिमशङ्खलाका चुचुरा चढ्ने प्रयास भएको थिएन, यद्यपि जुगल गाउँपालिकाले तीन वर्षअघि एउटा टोली पठाएर सफल आरोहण गराएको थियो ।

त्यसयता कुनै शिखर खुलेको थिएन । सङ्घीय सरकारको अनुमति र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पहलमा गरिमा भ्यायाज प्रालिका सञ्चालक रवीन्द्र अर्यालले नेतृत्व गरेको इटालीको टोली गाङछेम्पो हिमाल आरोहण गर्न आज आएको हो । पथ पहिचान गरी परीक्षण आरोहण सफल भएमा पर्यटन प्रवद्र्धनबाट समृद्ध पाँचपोखरी थाङ्पाल गाउँपालिका बनाउने हाम्रो एउटा महान् लक्ष्य साकार हुनेछ र स्थानीयको आर्थिक तथा सामाजिक जनजीवनमा व्यापक परिवर्तन आउने गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : १३ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा