मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विदेह नगरपालिक–७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मातर्फ जाँदै गरेको प्रदेश २–०२–००५प ५३८१ नंको मोटरसाइकल र लग्माबाट आउँदै गरेको स१०प७९७५ नंको मोटरसाइकल सघाडास्थित हुलाकी सडकखण्डमा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको जनकपुरधामस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ४६ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल