मुस्ताबाट पचास करोडको स्याउ निकासी « Khabarhub

मुस्ताबाट पचास करोडको स्याउ निकासी


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङबाट यस वर्ष पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ।

मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गत भदौमा प्रतिकिलो १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिरको पहिलो साता आइपुग्दा प्रतिकिलो एक सय २० देखि ३० सम्मभएको छ। सरदर प्रतिकिलो रु ११० का दरले स्याउ बिक्री भएको कृषकहरुले बताएका छन्।

यस अनुसार निकासी भएको स्याउको मूल्य पचास करोड ८२ लाख हुन आउँछ केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षका तुलनामा यसपाली १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको जानकारी दिए।

जिल्लाको पाँचवटै स्थानीय तहमा एक हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ। क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिकटन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए।

यसैगरी जिल्लामा कुल स्याउ उत्पादन मध्ये यसवर्ष ४ सय ४० मेट्रिकटन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ। जिल्लामा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ। तीमध्ये २२ हेक्टरका बगैंचाले उत्पादन दिइरहेका छन्।

यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ। नयाँ स्याउ बगैंचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैंचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङको विभिन्न छ चिस्यान गृहमा करिब ७० मेट्रिक्टन स्याउ भण्डारण गरेर राखिएको उनको भनाइ छ। फागुन चैतको ‘बेसिजन’मा चिस्यानकेन्द्रको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन्।

परियोजनाले स्याउ जोन कार्यक्रम अन्तर्गत १२५ सहकारी÷समूह÷निजी फर्मका कार्यक्रम सञ्चालित छन्। कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ। बर्सेनि व्यापारीहरू स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन्। भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन्।

समुन्द्री सतहदेखि करिब २५ सय मिटर अग्लो उचाई भन्दा माथि स्याउ खेती गरिन्छ। मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुनेगर्छ। जिल्लाका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ।

उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ। मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीहरुले स्याउ कोशेलीका रुपमा लैजान्छन्। साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकहरुले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन्। स्याउ प्रशोधन गरेर मदिरा बनाउने छ उद्योग छन्।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : २४ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक