इरानको रिभोलुसनरी गार्डका सदस्यको गोली हानी हत्या « Khabarhub

इरानको रिभोलुसनरी गार्डका सदस्यको गोली हानी हत्या


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई गोली हानेर हत्या भएकोे छ । इस्फाहानको मध्य सहरमा भएको आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको स्थानीय डेपुटी गभर्नर मोहम्मद–रेजा जन्नेसरीले जानकारी दिए ।

ती व्यक्ति आइआरजीसी बसिज मिलिशियाको सदस्य रहेको बताइएको छ। नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार प्रहार गर्दा एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको मृत्यु भएको थियो ।

दुई महिनाभन्दा बढी लो समयदेखि चलेको विरोधले इस्लामिक गणतन्त्र इरान अस्तव्यस्त छ। १६ सेप्टेम्बरमा एक युवतीको मृत्युको विरोधमा इरानभर प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : १८ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य