प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : प्रत्यक्षमा महिला सहभागिता न्यून | Khabarhub Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : प्रत्यक्षमा महिला सहभागिता न्यून


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ ।  चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा एक र प्रदेशसभा–२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए ।

महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित भइन्। उनले नेकपा (एमाले)की उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले  पराजित गरेका हुन्  ।

जिल्लाको क्षेत्र नं १ प्रदेशसभा–२ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गरेकी थिइन् ।

‘निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । महिला सहभागिता न्यून देखिने अवस्था छ’, महिला अधिकारकर्मी अम्बिका राउतले भनिन्।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : ०७ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।