बालेनले बिगार्न चाहेको बस्ती | Khabarhub Khabarhub

बालेनले बिगार्न चाहेको बस्ती

व्यवस्थापन छाडेर डोजर आतंक मच्चाउँदा चर्को आलोचना !


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेपछि काठमाडौँ यतिबेला अशान्त बनेको छ । सोमबार केही बेर झडप भएपछि सुरु भएको सुकुम्बासी बस्तीमाथिको अत्याचार यतिबेला सामाजिक सञ्जालमा छरपस्ट बनेको छ ।

सडक अतिक्रमण गर्नेविरुद्ध उत्रिएको बालेन डोजर आतंक यतिबेला सुकुम्बासी बस्तीमा सोझिएपछि अनेकौं बहस सिर्जना भएको छन् । त्यसमा पनि बालेनले काठमाडौँको मेयर जितेपछि गर्नुपर्ने काम धेरै छन् । उनले सडक अतिक्रमण गर्नेदेखि काठमाडौँ सहरको सुन्दरतालाई ध्यान दिएर व्यवस्थापन गर्नुपर्नेमा आलोकाँचो सोच लिएर सुकुम्बासी बस्तीमा पुग्नु हतारो मात्रै हो ।

सँधै सुकुम्बासी बस्तीलाई भजाएर राजनीति गर्नेहरूको भीडमा बालेन पनि मिसिनु दुखद हो । यसको मूल्य उनैले चुकाएका छन् । दर्जन बढी महानगरका प्रहरी घाइते भएका छन् । उनीहरूलाई भेट्न बालेन अस्पताल नै पुगेका छन् ।

थापाथली मात्रै होइन, सुकुम्बासी बस्ती काठमाडौँका हरेक खोला किनारामा छन् । उनीहरु त्यहाँ बसेर गुजारा गरिरहेका छन् । उनीहरुको सुकुम्बासी बस्ती हुन् वा अरु कोही ? त्यो पक्कापक्की छैन । तर उनीहरु जहाँ बसिरहेका छन्, त्यो उनीहरुकै बाध्यता हो । त्यो बाध्यता केवल उनीहरुमा सीमित छैन । धेरै समस्या र आवश्यकताहरुसँग जुध्दै उनीहरु खोला किनारमा बसिरहेका बासिन्दा हुन् ।

उनीहरूका नाममा यसरी घृणित राजनीति गर्न खोज्नु दलहरूकै बेइमानी हो । अहिलेसम्म दशकौपटक सुकुम्बासी बस्ती व्यवस्थापनबारे छलफल र बहस भएको छ । तर राज्य सञ्चालकले कुनै दिगो व्यवस्थापन गर्न सकेनन् ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सुकुम्बासी बस्नका लागि काठमाडौँको बोहराटारमा पाँच तले अपार्टमेन्ट बनाइएको छ । उनी प्रधानमन्त्री भएका बेला दिगो सोच राखेर त्यसको निर्माण गरेका थिए । तर सुकुम्बासी बस्ती त्यहाँ बसेनन् । त्यो भवन अहिले भुतबंगला बनेको छ ।

भएका संरचनाको सदुपयोग र उपयोग नगरी केवल गरिब दुःखीलाई सँधै लखेटिरहने राज्य प्रवृत्ति घातक छ । त्यो जति घातक छ, त्यति नै बढी समृद्धिको बाधक पनि छ । खोला किनाराका बस्ती आरामले बसिरहेका बेला त्यहाँ गएर उनीहरुको बासस्थान नै भत्काउन खोज्नु दुःखद हो ।

यसले बालेनलाई पछिसम्म गएर पीडा दिने छ नै । किनकी सुकुम्बासी बस्तीको व्यवस्थापन डोजर आतंक होइन, केवल त्यसको समाधानका लागि प्रयास गर्नु महत्वपूर्ण हो । विना तयारी, छलफल र योजनाबिना नै सुकुम्बासी बस्तीमा जाँदा बालेनले जुन किसीमको प्रतिकार व्यहोरेका छन्, त्यसले भविष्यमा योजना र आवश्यक छलफल तथा परामर्श गरेर मात्रै सुकुम्बासी बस्तीमा जानु आवश्यक रहेको औँल्याउन सकिन्छ ।

अन्यथा यसले भोलिका दिनमा पनि काठमाडौँको व्यवस्थापन र मेलमिलापलाई धेरै हदसम्म फाटो ल्याउन सक्छ । यसअघि नै बनाइएको संरचनाको प्रयोग गर्दै उनीहरूलाई त्यहाँ बसाल्ने वा थप संरचना बनाउनेतर्फ पनि राज्य अहिलेदेखि नै लाग्नुपर्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : २४ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा