यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी « Khabarhub

यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जितमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश-१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीन/तीन विकेट लिनुभयो भने सन्देश भट्टराईले २ विकेट लिए। त्यस्तै आशीष मगर र आश्विन महतोले समान १/१ विकेट लिए । जीतसँगै प्रदेश-१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । प्रदेश-१ को चार खेलबाट चार अंक भएको छ । पराजित मधेश तीन खेलमा अंकविहीन छ । 

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले  एक लाख पाउने छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : २७ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन