वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास « Khabarhub

वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनमा रु १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकामा कार्यालयले रु एक अर्ब २१ करोड सात लाख कम अर्थात् रु १२ अर्ब ९८ करोड ९९ लाख सङ्कलन गरेको छ । भदौमा रु १९ अर्ब २९ करोड ४५ लाख राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले रु पाँच अर्ब १५ करोड २० लाख कम अर्थात् रु १४ अर्ब १४ करोड २५ लाख मात्र सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए ।

असोजमा रु २१ अर्ब ८८ करोड ३३ लाखको लक्ष्य राखेकामा रु नौ अर्ब ३८ करोड ९४ लाख कम अर्थात् रु १२ अर्ब ४९ करोड ३८ लाख राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न चुकेको कार्यालयले कात्तिकमा लक्ष्यभन्दा न्यून सङ्कलन गरेको छ ।

कात्तिकमा रु २१ अर्ब ६५ करोड ४२ लाख राजस्व सङ्कलनको लक्ष्य थियो । तर कार्यालयले रु आठ अर्ब ७२ करोड ९५ लाख कम अर्थात् रु १२ अर्ब ९२ करोड ४६ लाखमात्र सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ४० प्रतिशत कम हो ।

वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वाहन, इन्धनलगायत १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धका कारण राजस्व सङ्कलनमा ह्रास आएको सूचना अधिकारी गुप्ताको भनाइ छ । गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा इन्धन आयातमा ७४ प्रतिशत र वाहन अयातमा ७९ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ०६ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई